वीरगञ्ज : महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
वीरगञ्ज श्रीपुर शाखा मुर्लिको प्राङ्गणमा मंगलबार रक्तदानको कार्यक्रम भएको हो। रक्तदान कार्यक्रममा तीन महिला सहित २४ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरुमा सन्जु श्रेष्ठ,तब्बसुम खातुन,मुस्कान साह रहेका छन्। यस्तै चन्द्रशेखर पंडित,सुदिपचन्द्र पोखरेल,सद्दाम अन्सारी,वीरेन्द्रप्रसाद हजामले सो कार्यक्रममा रक्तदान गरेका हुन्।
सो कार्यक्रममा शिवजि यादव,ओमप्रसाद पटेल,नाजिर हुसैन,शिवनन्दन प्रसाद चौहान,विशाल साह कानु,विवेक ठाकुर लगायतकाले रक्तदान गरेका हुन्। रक्तदान जीवन दान भन्दै उनीहरुले रक्तदान गरेका हुन्।
सो अवसरमा प्रमुख अतिथि बैंकका डाइरेक्टर समाजसेवी श्यामसुन्दर रुङटाले रक्तदानले जीवन जोगाउने जनाए। यसलाइ जीवनदान भनिन्छ र रक्तदान नै एउटा यस्तो कार्य रहेको उनले जनाए।सबैले नियमित रुपमा रक्तदान गरि मानवता बलियो बनाउन उनले आग्रह गरे। सम्पूर्ण रक्तदाताहरु प्रति आभार जताउदै सम्पुर्ण ग्राहकवर्ग,अतिथिलाइ वार्षिकोत्सवको बधाई शुभकामना दिएका थिए।
सो अवसरमा कार्यक्रमको अध्यक्षता गरेका महालक्ष्मी विकास बैंकका श्रीपुर शाखाका प्रबन्धक ललन साह कानुले रक्तदान जीवनदान भएको जनाए। उनले बैंकले प्रत्येक बार्षिकोत्सव कार्यक्रममा यसलाइ प्रमुखताको साथ समावेश गर्ने गरेको जनाए। देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको उनले जानकारी गराए। रक्तदान गरी मानवता बलियो बनाउने सम्पूर्ण रक्तदाता प्रति आभार व्यक्त गरे।
सो अवसरमा बैंकका मधेश प्रदेश प्रमुख सुदिपचन्द्र पोखरेलले बैंकको वार्षिकोत्सवको अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने जनाए। उनले प्रत्येक वर्ष झै यश वर्ष पनि मधेश प्रदेशमा वीरगन्जको श्रीपुर शाखामा रक्तदान गरि सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाए। कसैको जीवन बचाउनु मानवको सबै भन्दा ठूलो धर्म र कर्म भएकोले सम्पूर्णलाई रक्तदान गर्न आग्रह गरे।
उनले सम्पूर्ण रक्तदाता,ग्राहक,सहयोगी हातहरुलाइ धन्यवाद बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। रक्तदान कार्यक्रममा बिशिस्ट अतिथी करपोरेट डेभलपमेन्ट बैंकका सिइयो लालबहादुर थिङ्ग,गुहेश्वरी बैंक फाइनान्सका मधेश प्रदेश प्रमुख राजेश गुप्ता,कलैया शाखा प्रबन्धक अरुणकुमार यादव,सिमरा शाखा प्रबन्धक पुरुषोत्तम अधिकारी,वीरगञ्ज कपडा बैंकका अध्यक्ष सञ्चारकर्मी लालबाबु सिंह,सिप्रदी वीरगञ्जका राजेश श्रीवास्तव,कार्यक्रम संयोजन गर्ने बैकका सुशिम अधिकारी लगायत कर्मचारी ग्राहक स्थानीयहरुको सहभागिता रहेको थियो।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा रहेको स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए।

