बिधुत प्राधिकरण कलैयाको प्राबिधिक समस्याका कारण जिल्लाबासी आजित बन्दै

साझेदारी दैनिक
साझेदारी दैनिक 1.1k पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

युनिक यादव/
नेपाल विद्युत् प्राधिकरण कलैया बितरण केन्द्रको प्राविधिक समस्याका कारण यतिखेर बारावासी आजित वनेका छन ।
प्राधिकारणका कारण कलैया उपमहानगरपालिका सहित विभिन्न पालिकाहरुका सर्वसाधारणमा समस्यामा परेका छन। केही दिन देखी कलैया बितरण केन्द्र को प्राबिधिक समस्याले गर्दा रात भरी लाइन कट्ने र दिनमा पनि करिब ३,४ घण्टा सम्म समेत लाइन नाआउदा आम सर्वसाधारण मारमा परेका छन ।

कोरोना संक्रमणले गर्दा निरन्तरको निषेधाज्ञा ले गर्दा मानिसलाई घरबाट बाहिर निस्कन बन्देज लगाइएको हुनाले प्राय सबै मानिसहरु घरमा नै बसी जीवन व्यतित गरेका छन । तर चर्को गर्मीका समायमा विद्युत प्राधिकरणले लाईन काट्दा कष्टकर भोग्नु परेको गुनासो गरेका छन ।

मानिसहरु अहिले घरमा बसिरहेका छन् तर बिधुत कटौती र दैनिक रुपमा लाइन लामो समय सम्म कटदा झन् मानसिक तनाब भएको देखिएको छ । तर विद्युत् अवरोध भएको हुनाले सर्वसाधारण मर्कामा परेका छन।

विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रले सक्दो चाँडै यस समस्याको समाधान गरी सबैमा सहज विद्युत् आपुर्तीको व्यवस्था मिलाउन जरुरी देखिन्छ ।

यता बारेमा कलैया बितरण केन्द्र मौन भएपछि बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितसंग बुझ्दा उनले बिधुत अवरुद्धको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल बिधुत प्राधिकरण कलैया बितरण केन्द्रका प्रमुख गजेन्द्र चौधरीलाई यस बारेमा आफूले कुरा गरि सुधारको लागि मौखिक निर्देशन गरेको समेत जनाएका छन् । साथै निर्देशन जारी गरे पछि पनि शनिबारसम्म बिधुत अवरुद्ध दोहोरिएको अवस्थामा कलैया बितरण केन्द्रलाई पत्राचार गर्ने समेत जनाएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review