कलैया । बाराको कलैया-६ पर्सा टोलस्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं. ६ निवासी बिजय मण्डलको छ वर्षीया छोरी सृजना कुमारी मण्डल तथा सोही ठाउँका संजय मण्डलको पाँच वर्षीया छोरी अन्जली कुमारी मण्डल रहेका छन्।
प्रादेशिक अस्पताल कलैयाबाट शव परीक्षण पश्चात ति बालिकाको शव उनीहरुको बुवाले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।
कलैया-.६ पर्सा टोलस्थित दिपेन्द्र साहको हास पाल्ने पोखरीमा ति बालिकाहरु नुहाउने क्रममा डुबेका हुन्।


