कोल्हवीमा व्यवसायिक पाँच दिने तरकारी खेती तालिम सम्पन्न

साझेदारी डेलि
114 पाठक संख्या

कोल्हवी । बिनिता चौधरी / कोल्हवीमा कोल्हवी नगरपालिकाको सहयोगमा जितिया बहुउद्देश्यीय सहकारी संस्था लि.कोल्हवी १ को आयोजनामा संचालित पाँच दिने व्यवसायिक तरकारी खेती तालिम मंगलबार सम्पन्न भएको छ।

कोल्हवी पशु सेवा केन्द्रमा रहेको कृषि तथा पशुसेवा केन्द्र भवनको सभाहलमा सो तालिमको समापन कोल्हवी नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरीले गरेकी हुन्। प्रमुख अतिथि उपप्रमुख चौधरीले तालिमबाट सिकेका ज्ञानहरुलाई व्यवहारमा उतार्न आग्रह गरिन्।

उनले व्यवसायिक तरकारी खेती गरी जिविकोपार्जन गर्न आग्रह गरिन्। २५ जनाको सहभागिता रहेको सो तालिमका सहभागिलाई चौधरीले प्रमाणपत्र बितरण गरिन्। उनले अगामी दिनमा सफलता मिलोस भनी शुभकामना समेत दिइन्।

कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी , ४ का वडा अध्यक्ष बिष्णुप्रसाद मैनाली, संस्थाका पुर्व अध्यक्ष भुवन प्रसाद चौधरी लगायतकाले शुभकामना व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष ललित नारायण चौधरीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोल्हवी नगरपालिका वडा न. १ कार्य वाहक वडा अध्यक्ष शिवचन्द्र चौधरी , २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी, ९ का दलबहादुर चौधरी, १० का कुन्जबिहारि चौधरी , ११ का नन्दकिशोर चौधरी तालिमका प्रशिक्षक लगायत संचारकर्मिहरुको उपस्थिति रहेको थियो । धिरेन्द्र पनुहरले कार्यक्रमको संचालन गरेका थिए। कार्यक्रममा पारसनाथ चौधरीले स्वागत गरे।

Leave a review

This will close in 0 seconds