Sajhedari Daily
Latest News from Nepal

प्रदेश नम्बर २ कै उत्कृष्ट प्रहरी प्रमुखको रुपमा पंगेनी पुरस्कृृत

सन्तोष पाण्डे /

बाराका प्रहरी प्रमुख एवंम प्रहरी उपरिक्षक कृष्ण पंगेनी प्रदेश नम्बर दुई कै उत्कृष्ट प्रहरी प्रमुखको रुपमा पुरस्कृृृत भएका छन ।
६५ औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी उपरिक्षक पंगेनीलाई पुरस्कृृृत गरेकाे हो । ६५औ प्रहरी दिवसको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रमकाबिच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी उपरीक्षक कृष्ण पगेनीलाई प्रशंसापत्र प्रदान गर्दै पुरस्कृृृत गरेका थिए ।

प्रदेश मै उत्कृष्ट कार्य क्षमता र कार्यकुशलताको आधारमा प्रदेशका ८ जिल्ला मध्ये बारा प्रहरी प्रमुख पंगेनीले नेपाल प्रहरीको विभागिय नीति निर्देशन अन्तरगत कुशलतापूर्वक काम गरेको र कुशल व्यावसायिक क्षमता प्रदर्शन गरेकोमा प्रहरी उपरिक्षक पंगेनी  पुरस्कृृृत  भएका हुन ।

प्रहरी उपरिक्षक पंगेनीले बारा प्रहरी नेतृत्व समाले यता जिल्लामा विभिन्न घटनाका लामो समयदेखी फरार अपराधीहरुलाई पक्राउ गर्ने, लागुऔषध नियन्त्रण, महिला हिंसा तथा बालबालिकाको संरक्षणका लागि जनचेतना जगाउने कार्यक्रम गरेर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।

उनी बारामा आए लगतै लामो समयदेखी फरार पत्रकार विरेन्द्र साहका हत्याका योजनाकार कुन्दन फौजदारलाई पक्राउ गरेका थिए । झण्डै आधा दर्जन प्रहरी प्रमुखहरुले पक्राउ गर्न नसकेको अपराधीलाई प्रहरी उपरिक्षक पंगेनीले पक्राउ गरेर कर्तव्य निष्ट प्रहरीको भुमिका निर्वाह गरेका थिए । तस्तै बारा आएको केही महिना नवित्दै अर्का अपराधी जो पत्रकार साहकै हत्यारा हरेराम पटेललाई समेत पक्राउ गर्न सफल भएका थिए ।

प्रहरी उपरिक्षक पंगेनीको बारामा आगमन भएपश्चात जिल्लाको विभिन्न घटनाहरुका धेरै वर्ष देखि फरार रहेका अभियुक्तहरु पक्राउ परेका छन । जिल्लाको प्रहरी प्रमुखको नेतृत्व सम्हाले देखि नै जिल्लामा शान्ति सुरक्षामा सुधार आएकै कारण एक कुशल सुरक्षाकर्मीको रुपमा आम बारा बासीको मन जित्न सफल भएका छन् ।

Comments are closed.

error: Content is protected !!