तामागढी बचत तथा ऋण सहकारी लि. संस्थाको १५ औं वार्षिकोत्सब तथा साधारणसभा कोल्हवीमा सम्पन्न 

साझेदारी दैनिक
336 पाठक संख्या

धीरेन्द्र पनुहर/

तामागढी बचत तथा ऋण सहकारी लि.संस्थाको १५ औं वार्षिकोत्सब तथा साधारणसभा कोल्हवीमा सम्पन्न भएको छ ।

बाराको कोल्हवी -१ अवस्थित रहेको तामागढि पार्टी प्यालेसको सभा हलमा शुक्रबार एक कार्यक्रम बीच तामागढी बचत तथा ऋण सहकारी लि.संस्थाको १५ औं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको हो ।

तामागढी बचत तथा ऋण सहकारी लि. संस्थाका अध्यक्ष  एकराज आचार्यको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि जेष्ट नागरिक सदस्य नर बहादुर भण्डारीले पानसमा बति बालेर उदघाटन गर्नु भएको थियोे ।

कार्यक्रममा सम्बोधन गर्दै बिशिष्ट अतिथि समेत रहनु भएका बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले कम समयमा यो सस्था यति धेरै अगाडी बढेकोले यो सस्थालाइ यहासम्म पुर्याउन आफ्नो बुद्धि बिवेक,क्षमता र मेहनत गर्ने सम्पुर्ण कर्मचारी,संचालक समिति र सम्पुर्ण सरोकारवालाहरुलाइ सम्मान र धन्यवाद दिनु भएका थिए ।

कार्यक्रममा बोल्दै बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले जहा मिश्रित समाज हुन्छ त्यहा छिटैनै बिकास हुन्छ र जहा एकल समाज हुन्छ त्यहा बिकासको गति बिस्तारै हुन्छ,कोल्हवी अब प्रशासनिक रुपमा नगर उन्मुख भै रहेकोले बाहिरबाट बसाई सराइ गरेर आउने र यहाबाट बसाई सराइ गरेका ब्यतिहरु फेरि फर्केर आउन थालेका छ्न ।

राजनितिक,जातिय,आर्थिक र सामाजिक रुपमा बिभाजित भए पनि सहकारीले सबैलाइ एउटै धागोमा बाधेको हुन्छ। सहकारीमा बचत गर्ने बानीले भविष्यमा आइपर्ने समस्या सजिलैसङ समाधान गर्न सकिन्छ भनेर बताउनु भयो ।

समाजसेवी केवल प्रसाद चौधरीले कोल्हवी थारु भेग भएकोले आज पर्न गएको जितिया पर्वको शुभकामना दिदै हामीहरुले फजुल खर्ज व्यवस्थापन गर्नमा सबै सेयर सदस्यहरुलाइ आग्रह गरेका छन् ।

कार्यक्रममा चौतिस करोड तेरह लाख सात हजार पाँच सय सतहतरी रुपैया एकसट्ठी पैसाको कारोबार रहेको  सस्थाका प्रबन्धक बासुदेव रिमालले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रमका बिशिष्ट अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली,बारा क्षेत्र नम्बर  १ क का प्रदेश सदस्य त्रिलोकि चौधरी,पुर्वमेयर भरत बहादुर भण्डारी ,जिल्ला सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर तथा  अतिथिहरु कोल्हवी नगरपालिका वाड नम्बर २ का अध्यक्ष गोपाल अधिकारी ,४ का अध्यक्ष बिष्णु मैनाली,समाजसेवी केवल प्रसाद चौधरी ,पुरनदेव चौधरी,गोबिन्द पौडेल,अटुट बचत सहकारी सस्था कोल्हवी ४ सपहिका अध्यक्ष बिशुनदयाल चौधरी,निर्मल बचत सहकारी सस्था परसौनाका अध्यक्ष मोहन चौधरी,सेयर सदस्य तथा बचत कर्ताहरु लगायतको उपस्थिति रहेको थियोे ।

सो कार्यक्रममा बार्षिक प्रतिवेदन सस्थाका अध्यक्ष एकबहादुर श्रेष्ठ र लेखा प्रतिवेदन लेखा सुपरिवेक्षक समितिका संयोजक गोबिन्द पौडेलले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्यमा संचालक समितिका उपाध्यक्ष पृथ्वीराज सिवाकोटी र संचालन पध्मजङ प्याकुरेलले गरेका थिए ।

Leave a review