पर्सामा ४ केजी ४५० ग्राम गाँजासहित भारतीय नागरिक पक्राउ

साझेदारी डेलि
62 पाठक संख्या

पर्सा । पर्साको ठोरी गाउँपालिका–३ बुद्धनगरस्थित सडकखण्डबाट ४ केजी ४५० ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलीले असार २६ गते शुक्रबार दिउँसो करिब २ बजे भारततर्फ जाँदै गरेको बिआर २२ आर ७१६८ नम्बरको भारतीय मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलको डिक्कीभित्र रातो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा ४ केजी ४५० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेपछि प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, पश्चिमी चम्पारणमा बस्ने २२ वर्षीय रुपेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएको गाँजा, मोटरसाइकल तथा पक्राउ परेका रुपेश कुमारीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a review

This will close in 0 seconds