खैरातीमाई मेलामा गढीमाई बनको रक्तदान कार्यक्रम

रञ्जन यादव
227 पाठक संख्या

जीतपुर : बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेको खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

साहस नेपालको आयोजना र गढीमाई ब्यवस्थापन समुह पथलैयाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक महिला सहित २५ जनाले रक्तदान गरेको सब डिभिजन बन कार्यालय पथलैयाका बन अधिकृत ललन राउतले जानकारी दिए ।

गढीमाई साझेदारी वन ब्यवस्थापन समुह पथलैयाका अध्यक्ष राम एकबाल साह तेलीको अध्यक्षता र डिभिजन वन कार्र्यालय बाराका डिभिजनल बन अधिकृत राजिव कुमार झाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रममा वन अधिकृत ललन राउत कुर्मी,वडाध्यक्ष बिगन दास,लालबाबू मुखिया,शेषनाथ कुशवाहा,राजदेव पटेल,प्रभु साह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहस नेपालका अध्यक्ष राजेश प्रसाद कुशवाहाले गरेका थिए ।

Leave a review

This will close in 0 seconds