Sajhedari Daily
Latest News from Nepal

२५० गरिबलाई कम्बल वितरण

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर ४ का दुई ५० जना गरिब, दलित, असहाय एकल महिला नागरिकलाई शितलहरबाट पिडित कम्बल वितरण गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ४ वडा कार्यालयले कार्यक्रमकाबिच कम्बल वितरण गरिएको हो ।
कार्यक्रम कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जट्टाशन्कर सहनीको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्र, मालपोत कार्यालयका प्रमुख प्रमोद अधिकारी, वडा सदस्य मन्तुर देबि, नेपाली काङ्ग्रेस बारा निर्वाचन क्षेत्र नम्बर ३ ’क’ का सचिव युवा नेता लक्ष्मण यादब, नेकपाका युवा नेता डा.शुशिल साह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा सचिव सन्सरिता कुश्वाहाले स्वागत गरेकी थिइन भने कार्यक्रमको संचालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।