बहुमतका साथ एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ– एमाले प्रदेश सचिव पौडेल

साझेदारी दैनिक
396 पाठक संख्या

बारा : नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेलले २०८४ मा बहुमतका साथ नेकपा एमाले निर्णायक शक्ति बन्ने घोषणा गरेका छन्।

नेकपा एमालेको तीन महिना वडा केन्द्रित अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा आएतबार सम्पन्न अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

एमाले मधेस प्रदेश कमिटी सचिव पौडेलको प्रमुख आतिथ्यतामा सो अभिमुखिकरण सम्पन्न भएको हो।

मुलुकको विकासका लागि एमालेले धेरै काम गरेको उनले बताए। जनताको पक्षमा एमालेले धेरै काम गरेता पनि अहिले सम्म एमालेले बहुमत प्राप्त गर्न नसकेर स्थिर सरकार बनाउने अवस्था नआएको उनको भनाई थियो। जनताको चाहना पूरा गर्न ०८४ मा एमालेलाइ बहुमत दिएर निर्णायक राष्ट्र शक्ति बनाउन उनले आग्रह गरे।

राजाबादीहरुको चलखेल प्रति इङ्गित गर्दै गणतन्त्रमा सबैको अधिकार सुरक्षितहुने भएकोले गणतन्त्रको विकल्प राजतन्त्र हुन न सक्ने स्पष्ट पारे।

कार्यक्रममा प्रदेश कमिटी सदस्य देबनारायण चौधरी,सुन्दर बिक,शुभद्रा न्यौपाने,जिल्ला उप सचिब भावना आचार्य,क्षेत्र नम्बर ४ का संयोजक ध्रुबप्रसाद यादव,जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष तथा उपप्रमुख भोलाप्रसाद अधिकारी,दिनेश्वर ठाकुर,जिल्ला कमिटी सदस्य गिता घले,कृष्ण खनाल,अमृतलाल श्रेष्ठ,आरिफ हुसैन,सचिव रत्न उप्रेती,रविन्द्र खकुरेल लगायतको उपस्थिति रहेको थियो।

वडा कमिटी अध्यक्ष सुक्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गणेश थपलियाले गरे।

Leave a review

This will close in 0 seconds