तलब भत्ता तत्काल निकासा गराउन शिक्षक संघको माग

संदिप प्रसाद यादव
533 पाठक संख्या

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति बाराले सिम्रौनगढ नगरपालिका अन्र्तगतका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गराउन माग गरेको छ ।

संघका जिल्ला अध्यक्ष राजकिशोर सहनीले बुधवार एक विज्ञप्ती जारी गर्दै यसरी माग गरेका हुन ।

नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालय अन्तरगतका शिक्षक, कर्मचारी र बाल विकासहरुको तलब भत्ता हालसम्म उपलब्ध नभको भन्दै तत्काल उपलब्ध गराउन माग गरेको हो ।

सिम्रौनगढका सवै सामुदायिक विद्यालयका शिक्षक,कर्मचारी र बाल विकासहरुले गत साउनदेखी यता तलब भत्ता नपाएपछि घरपरिवार संचालनमा निकै समस्या भएको भन्दै संघले सम्झौता अनुसार तलबभत्ता निकासा गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

तलबभत्ता नपाएपछि लामो समयदेखी आन्दोलनरत शिक्षक कर्मचारी र नगरपालिकावीच यही पुस ५ गते सहमति सहित सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार १५ दिन भित्र तलबभत्ता निकास गराउने सहमति भएको थियो । सहमति अनुसार १५ दिन पुग्नै लाग्दा हालसम्म तलबभत्ता निकासा भएको छैन ।

लामो समयदेखी तलब भत्ता नपाएपछि धेरै शिक्षक शिक्षिकाहरुको मानशिक तनाब बढ्दै गएको र घर व्यवहार संचालनमा समेत निकै कठिनाई आएको भन्दै शिक्षक संघले शिक्षक,कर्मचारीको तलबभत्ता,विद्यालयहरुको प्रशासनिक खर्च,छात्रवृत्ति लागयको रकम निकासा गर्न ध्यानाकर्षण गराएको छ ।

Leave a review