तलब भत्ता तत्काल निकासा गराउन शिक्षक संघको माग

संदिप प्रसाद यादव

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति बाराले सिम्रौनगढ नगरपालिका अन्र्तगतका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गराउन माग गरेको छ ।

संघका जिल्ला अध्यक्ष राजकिशोर सहनीले बुधवार एक विज्ञप्ती जारी गर्दै यसरी माग गरेका हुन ।

नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालय अन्तरगतका शिक्षक, कर्मचारी र बाल विकासहरुको तलब भत्ता हालसम्म उपलब्ध नभको भन्दै तत्काल उपलब्ध गराउन माग गरेको हो ।

सिम्रौनगढका सवै सामुदायिक विद्यालयका शिक्षक,कर्मचारी र बाल विकासहरुले गत साउनदेखी यता तलब भत्ता नपाएपछि घरपरिवार संचालनमा निकै समस्या भएको भन्दै संघले सम्झौता अनुसार तलबभत्ता निकासा गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

तलबभत्ता नपाएपछि लामो समयदेखी आन्दोलनरत शिक्षक कर्मचारी र नगरपालिकावीच यही पुस ५ गते सहमति सहित सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार १५ दिन भित्र तलबभत्ता निकास गराउने सहमति भएको थियो । सहमति अनुसार १५ दिन पुग्नै लाग्दा हालसम्म तलबभत्ता निकासा भएको छैन ।

लामो समयदेखी तलब भत्ता नपाएपछि धेरै शिक्षक शिक्षिकाहरुको मानशिक तनाब बढ्दै गएको र घर व्यवहार संचालनमा समेत निकै कठिनाई आएको भन्दै शिक्षक संघले शिक्षक,कर्मचारीको तलबभत्ता,विद्यालयहरुको प्रशासनिक खर्च,छात्रवृत्ति लागयको रकम निकासा गर्न ध्यानाकर्षण गराएको छ ।

Leave a review