कलैया-९ का वडा अध्यक्ष पाण्डेयको निधन, मंगलबार सार्वजनिक शोक बिदा

साझेदारी डेलि
90 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–९ का वडा अध्यक्ष पुरुषोत्तम सिंह पाण्डेयको निधनमा उपमहानगरपालिकाले मंगलबार सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

कलैया उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै स्वर्गीय वडा अध्यक्षको सम्मान र शोक मनाउन असोज २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालयसहित मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक शोक बिदा रहने जनाएको छ।

वडा अध्यक्ष पाण्डेयको सोमबार असोज २६ गते असामयिक निधन भएको खबरले उपमहानगरपालिका परिवार स्तब्ध र मर्माहत भएको सूचनामा उल्लेख छ।

नगर प्रमुख विनोद प्रसाद साहद्वारा जारी सूचनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

Leave a review