Sajhedari Daily
Latest News from Nepal

निजगढमा डिसइन्फेक्सन टनेल संञ्चालन

Top Aside Banner

नवराज चौलागाईं,
निजगढ बजार क्षेत्र प्रवेश गर्ने लालबकैया पुल छेउमा डिसइन्फेक्सन टनेल संञ्चालनमा आएको छ ।

निजगढमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्धेश्यले गाडीहरूलाई निसंक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

खानी तथा क्रसर व्यवसायी संघ निजगढले निजगढ नगरपालिकासँगको सहकार्यमा टनेल निर्माण गरेको । टनेल निर्माण पश्चात् निजगढ भित्रने सवै सवारी साधन निसंक्रमण गर्न ‘डिसइन्फेक्सन भएपछि मात्र  प्रवेश गर्न पाउनेछन् । निजगढ भित्रिने गाडी यही टनेलमार्फत् गुड्नुपर्नेछ ।

टनेल भित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएकोछ ।