Sajhedari Daily
Latest News from Nepal

बारामा थप २३ जनामा कोरोना पुष्टि

Top Aside Banner

बारामा थप २३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै बारामा कोराना संक्रमित व्यक्तिहरुको संख्या ३९ जना पुगेको थियो ।

जसमा जीतपुर सिमराको क्वारेन्टाइनमा रहेका २ जनाको निको भएर घर फर्किसकेको छ । अब बारामा ३७ जना कोरोना भाईरस संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद प्रसाद पण्डितले जानकारी दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार बाराको महागढीमाई नगरपालिकामा २१ जना र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान पर्सा जिल्ला घर भएका बर्ष २५ का र कोतवाली–१ मा १ जनामा संक्रमण पुष्टि भएको प्रजिअ पण्डितले जानकारी दिनुभएको छ ।

महागढीमाई नगरपालिकामा रहेका २१ जना भारतबाट आएका थियो भने उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।