दीर्घरोगी बिरामीलाई वडा अध्यक्ष खत्रीले गरे सहयोग

रञ्जन यादव
245 पाठक संख्या

बारा : घरमै अक्सिजनको सहाराले बिगत लामो समय देखि बाँची रहेकी फोक्सोको दीर्घरोगी बिरामीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको एक मनकारी वडा अध्यक्षले सहयोग प्रदान गरेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले दीर्घकालीन रोगका कारण घरमै अक्सिजनको सहारामा बाँचीरहेकी ईश्वरी कार्कीको उपचारको लागि आफनो ब्यक्तिगत ५० हजार आर्थिक सहयोग गरेका छन्।

करिब २० वर्षदेखि अक्सिजनको सहारामा रहेकी कार्कीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार गर्न समेत कठिन भइरहेको गुनासो सुनेपछि वडा अध्यक्ष खत्रीले घरमै गएर बिरामीलाई सहयोग गरेका हुन् ।

उनले कार्कीलाई सहयोग गर्न सार्वजनिक अपिल गर्दै २।३ दिन भित्रमा फेरी साथीभाईहरुको सहयोगमा रु १ लाख भन्दा बढी सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे। आर्थिक अवस्था कमजोर रहेको बिरामी कार्कीको श्रीमान दिपेन्द्र कार्की ठेला चलाएर श्रीमतीको औषधी उपचार गराउँने गरेका छन्।

बिरामी ईश्वरी खत्रीको अक्सिजनमा मात्र दैनिक ७ सय रुपैया खर्च हुने गरेको वडा अध्यक्ष खत्रीले सुनाए।

Leave a review