Sajhedari Daily
Latest News from Nepal

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु,१४० जनामा सँक्रमण पुष्टि

राम मण्डल /
कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक पुरुषको बिहीबार मृत्यु भएको छ । संक्रमित पुरुषको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका–१२ निवासी ४० बर्षिय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

संक्रमित पुरुषको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको दासले बताए । गत बैशाख १२ गते एन्टिजेन परिक्षण गर्दा ती पुरुषमा कोरोना सँक्रमण पुष्टि भएको थियो । यसैबीच पर्सामा १४० जना कोरोना सङ्क्रमित फेला परेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा बुधबार २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा १० वर्षदेखि ७७ वर्ष उमेर समूहका १३३ पुरुष र ३६ महिला गरि कुल १६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

भेटिएका संक्रमित मध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन । भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिएका छन ।

Comments are closed.

error: Content is protected !!