मोडर्नाले सन् २०२२ मा तीन अर्व डोज खोप उत्पादन गर्ने

साझेदारी दैनिक
1.2k पाठक संख्या

अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्व डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा युरोप र संयुक्तराज्य अमेरिकामा खोप उत्पादन र आपूर्ति बढाउन आर्थिक सहायता प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ । लगानी बढाइएको खण्डमा खोपका लागि आवश्यक तत्व उत्पादनलाई स्वीस साझेदार लोन्जा र स्पेनको रोभीले दोब्बर वृद्धि गर्न सक्षम हुनेछन् ।

अमेरिकामा रहेको मोडर्नाको प्लान्टको उत्पादन क्षमता पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।

कम्पनीले तीन अर्व खोप उत्पादनका लागि एमआरएनए खोप एवम् मोडर्नाकै पेडियाट्रिक खोप र भेरिएन्ट बुस्टर डोजको मिश्रणमा निर्भर हुने जनाएको छ । साथै कम्पनीले यस वर्ष ८० करोडदेखि एक अर्व डोज खोप आपूर्ति गर्न सकिने प्रक्षेपण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी स्टिफन बान्सेलले मोडर्नाले विकास गरेको कोभिड विरुद्धको खोपले कोरोनाभाइरसको नयाँ प्रजातिको सङ्क्रमण रोक्न पनि सफल भएको बताउनुभयो । (रासस÷एएफपी) ः

Leave a review

This will close in 0 seconds