Sajhedari Daily
Latest News from Nepal

बाराको कलैयामा पनि अबदेखी पिसिआर परिक्षण गरिने

बाराको सदरमुकाम कलैयामा पनि अबदेखी कोरोना भाइरसको पिसिआर परिक्षण गरिने भएको छ ।प्रदेश २ सरकारले प्रदेशका ८ वटै जिल्लामा कोरोना संक्रमण परीक्षण गर्ने उपकरण पठाएपछि परिक्षण शुरु गरिएको हो ।

आईतवारदेखि पिसिआर परिक्षण हुने कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गौरभ महतोले जानकारी गराएका छन ।

प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने रणनीति अनुरुप प्रदेशका सवै जिल्लाहरुबाट पिसिआर परिक्षण गरिने भएको प्रदेश सरकारले जनाएको छ ।

कलैया स्थित जिल्ला अस्पतालमा परीक्षणका लागि पोर्टेबल पिसिआर मेसिनसहित अन्यआवश्यक सामग्री केही दिन अघि मात्रै जडान भएको थियो । प्रदेश सरकारले हाल ७ जना स्वास्थ्यकर्मी पठाएको छ ।

गत वैशाख ६ गते प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिसोर साह ले पिसिआर ल्याब र एचडियु वार्डको उद्घाटन गरेका थिए । तर जनशक्ति अभावको कारण पिसिआर मेसिन संचालनमा आएको थिएन ।