प्रेस युनियन बाराद्धारा पत्रकार दुवेलाई तत्काल रिहा गर्न माग

साझेदारी दैनिक
साझेदारी दैनिक 813 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया,१६ साउन
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार उमेश दुवेलाई पक्राउ गरेका घटना प्रति नेपाल प्रेस युनियन बाराले खेद प्रकट गर्दै तत्काल रिहा गर्न माग गरेको छ ।
नेपाल प्रेस युनियन प्रदेश नम्बर २ का पार्षद समेत रहेका पत्रकार दुवेलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति प्रेस युनियन बाराले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियन बारा शाखाका अध्यक्ष श्यामबावु प्रसाद यादवले विज्ञप्ती जारी गर्दै बारा, पर्सामा केही दिन यता प्रहरीले विभिन्न वहानामा सञ्चारकर्मी पक्राउ गर्दै फसाउने कार्यको गर्दै आएको घटना प्रति दुख व्यक्त गर्दै त्यस्ता संचार क्षेत्र र संचारकर्मी विरोधी कार्य तत्काल रोक्न प्रहरी प्रशासनसंग युनियनले माग गरेको छ ।
पत्रकार तथा सञ्चारकर्मीहरुले कमी कमजोरी भए सम्बन्धी संस्था वा पत्रकारहरुको संगठनहरुसंग समन्वय गरि कारवाही गर्नुपर्ने भएपनि प्रहरी प्रशासनले त्यसो नगरेको युनियनले दुख व्यक्त गरेको छ ।
पक्राउ गरिएका पत्रकार दुवेलाई तत्काल रिहाई गर्न माग गर्दै रिहाई नगरे युनियन बिरोधका चरणबद्ध कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख छ ।

समाचार शेयर गर्नुहोस
Leave a review