Sajhedari Daily
Latest News from Nepal

पर्सामा आगामी २० गते सम्म निषेधाज्ञा थपियो

पर्सा जिल्लामा जारी गरिएको निषेधाज्ञालाई थप एक हप्ता बढाइएको छ । जिल्लामा जारी रहेको निषेधाज्ञा अब आउँदो जेठ २० गते मध्य राति १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोरोना सँक्रमणलाई मध्यनजर गर्दै हालका लागि जिल्ला भरिमा जारी निषेधाज्ञालाई एक हप्ता थप गरिएको हो । यसअघि जेठ १३ गते राति १२ बजेसम्म जारी गरिएको निषेधाज्ञालाई आउँदो जेठ २० गते राति १२ बजेसम्म थपिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाको समयमा औषधी उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।

सबै प्रकारका सभा,सम्मेलन,गोष्ठी,तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,स्वीमिङ पुल,सपिङ मल,हाट बजार,मनोरञ्जनस्थल, सैलुन,ब्युटी पार्लर,जिमखाना,समूहमा खेलिने खेलकुद,पुस्तकालय,संग्रहालय,आदी सञ्चालनमा रोक लगाईएको छ ।

Comments are closed.

error: Content is protected !!