सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सेवाग्राही अन्र्तक्रिया कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले गरेका थिए ।
मधेशका जनताहरुलाई तालिम प्रदान गरी स्वरोजगार बनाउँन गृहकार्य गरिरहेको उनले बताए । बिदेशबाट फर्केपछि स्वदेशमा पनि सिकेका ज्ञान,सिपको उपयोग गर्न उनले अनुरोध गरे ।
त्यसकालागि १९ प्रकारको तालिम निशुल्क प्रदान गर्न मधेश प्रदेश सरकारले गृहकार्य गरिरहेको उनले जानकारी दिए । कुनै मानिसको मृत्यु रोजगारको क्रममा बिदेशमा भएमा एक हप्ताभित्र स्वदेश ल्याउँन ब्यवस्था मिलाउन आफुहरु संघ सरकारसँग गृहकार्य गरी अघि बढ्न लागेको जानकारी समेत उनले दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले हरेक श्रमिक समाजिक सुरक्षा कोषमा समावेश हुनुपर्ने धारणा राखे । बिदेश जाने क्रममा श्रम स्वीकृती लिनुभन्दा अगाडि समाजिक सुरक्षा कोषमा दर्ता हुने तर त्यसपछि निरन्तरता नदिने परिपाटि रहेको उनले जनाए ।
असंगठित रहेका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न प्रदेश सरकारसँग उनले अनुरोध गरे । वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा सबैभन्दा बढी मजदुर रहेका कारण यस क्षेत्रमा कडाईको साथ पालना गराउँन सबैले आफनो क्षेत्रबाट लाग्नुपर्ने उनले जनाए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोलाप्रसाद अधिकारीको विशेष उपस्थिति थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद,बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल,उपाध्यक्ष लक्ष्मी देबी राय,सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादब,सिम्रौनगढ नगरपाकिाको प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्र चौधरीको विशेष उपस्थिति थियो ।
सामीका मधेश प्रदेश कार्यक्रम संयोजक बिजय ठाकुर ,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका संचालन सामीका बारा जिल्ला संयोजक सरोज कुमार सिंहले गरे ।

