Sajhedari Daily
Latest News from Nepal

बारामा मापदण्ड बिपरित नदीजन्य पदार्थहरु निकालेको भन्दै तीनवटा ठेकेदार कम्पनीलाई कार्वाही,बकैया नदीलाई भने अनुगमनले छोएन

Top Aside Banner

देव घिमिरे/रञ्जन यादब/
मापदण्ड विपरित बाराका जीतपुरसिमरा उपमहानगरपालिका अन्र्तगत रहेको तीन वटा खोलाहरुबाट नदीजन्य पदार्थहरु निकाल्ने तीन वटा ठेकेदार कम्पनीहरुलाई आईतवार कार्वाही गरिएको छ ।

जिल्ला अनुगमन तथा समन्वय समिति बाराका संयोजक नवल किशोर सिंह राजपुतको संयोजकत्वमा बसेको बैठकले आईतवार ती तीनवटै कम्पनीहरुलाई कारवाही गरेको हो । कार्बाहीमा पर्नेमा ठेक्दार कम्पनीमा हेटौँडाको न्यु पाथीभारा सप्लार्यस, सिमराका श्रेष्ठ बिल्डर्सले र कलैयाका ओम सप्लार्यस रहेका छन् ।

जिल्ला अनुगमन तथा समन्वय समितीको बैठकले यी तीनवटै कम्पणीहरुलाई जनही एक, एक लाखको दरले जरिबाना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । बालगंगा, दुधौरा र पसाह गरि तीनवटै खोलाहरुमा मापडण्ड बिपरित उत्खन्न गरेको देखिए पछि स्काभेटर र टिपरहरु गरेर १५ वटा गाडिलाइ शनिवार नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी पण्डितल बताए ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा खोलाहरूको अनुगमन गर्न गएको टोलीमा प्रमुख जिल्ला अधिकारी पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी लगाएको सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

बालगंगा खोलाबाट लगभग २१ लाख १० हजार क्युफिट नदीजन्य पदार्थ उत्खनन गर्नको हेटौँडाको न्यु पाथीभारा सप्लायर्सले तीन करोड ७९ लाखमा नदीजन्य पदार्थको ठेक्का सकार गरेकोे छ । दुधौरा खोलाबाट करिब २७ लाख दुई हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न सिमराको श्रेष्ठ बिल्डर्सले तीन करोड ७९ लाखमा नदीजन्य पदार्थको ठेक्का स्वीकार गरेको हो ।

त्यस्तै पसाहा खोलाबाट लगभग ५४ लाख ४६ हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न कलैयाको ओम सप्लार्यसले ठेक्का सकार गरेको जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । अनुगमनको क्रममा तीनै ठाउँको खोलामा उत्खन्न हुँदा जीतपुरसिमरा उपमहानगरपालिकाको तर्फबाट कुनै प्रतिनिधि नदेखिएको अनुगमन टोलिका संयोजक नवलकिशोेर सिँहले जानकारी दिनुभयो । प्रतिनिधिको अभावमा उत्खनित मालबस्तुको परिमाण यकिन हुन नसक्ने भएकाले यथाशिघ्र चाडो प्रतिनिधि राख्न निर्देशन दिएको सिँहले बताए ।

त्यसैगरी शनिवार नै जिल्ला अनुगमन तथा समन्वय समितिको टिम निजगढको बकैया नदीमा पनि अनुगमन गर्न गएको थियो । स्थानीयका अनुसार ईलाका प्रहरी कार्यालय निजगढको छेउमै रहेको हैप्पी किचेन खाना घरको छतमा बसी खाना खाएर अनुगमन टिम फर्किएको र बकैया नदीमा कुनै पनि अनुगमन गर्न नगएको बताए ।

सुदिपा टूेडर्सको संचालक शंकर न्यौपानेले १० करोड ७७ लाख ७७ हजार रुपैयामा ठेक्का पाएको सो नदिमा पनि पटक पटक मापदण्ड विपरीत उत्खनन कार्य भई रहेको र जिल्ला समन्वय समितिको टिमले प्रभावकारी अनुगमन नगर्दा बकैया पुल भन्दा उत्तर पट्टिको ड्याम भत्कीई खोला गाउँमा पस्ने डर त्रास रहेको स्थानियले बताए ।

नाम नछाप्ने शर्तमा एक स्थानियका अुसार जिल्ला समन्वय समितिको टिम र जिल्ला सुरक्षा समितिलाई ठूलै रकमको प्रलोभनमा पारी ठेकेदार कम्पनीले चलखेल भएको हुन सक्ने कुरा बताए । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडीतसंग प्रतिकृया लिन खोज्दा पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा आउन चाहनु भएन ।