गाउँपालिकाको बारे अफवाह फैलाउने विनोदलाई कार्वार्ही नभए, गाउँपालिको सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी

साझेदारी दैनिक
780 पाठक संख्या

बाराको सुवर्ण गाउँपालिकाले आईतवार एक विज्ञप्ती जारी गर्दै सुचना माग गर्न जादा कुटपिट भएको भन्ने विषयमा केही संचारमाध्यमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

गत असोज २२ गते विहिबारका दिन सुवर्ण गाँउपालिकाको हाता भित्र दुई सेवाग्राही बीच भएको विवादलाई लिएर यस गाँउपालिकाको वडा नं.५ बस्ने जनमत पार्टीको जिल्ला संयोजक विनोद यादवले गाँउपालिकाको अधिकृत, गाँउपालिकाको अध्यक्ष, र वडा नं.२ को वडा अध्यक्षले घटना गराएको भम्रित समाचार कतिपय सञ्चार माध्यमहरुले लेखेको प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ।

घटना दुई सेवाग्राही बीच भएको र त्यसको कुनै जानकारी न त गाँउपालिका अधिकृतलाई भएको, न त गाउँपालिका अध्यक्षलाई र न त वडा अध्यक्षलाई भएको विज्ञप्तीमा भनिएको छ । घटना पश्चात घटनाको विषयमा बुझदैँ जादाँ निज विनोद यादव जनमत पार्टीको जिल्ला संयोजकले गाउँपालिका अध्यक्ष लगायत सबैलाई गालि गलौज दिदैँ घेरेर कुटने धम्की दिएको र सोही कुरामा एक सेवा ग्राहीले नाम पहिचान नभएको त्यसतो नबोल्न भनेकोमा बादविवाद भएको कार्यालयले बुझेको विज्ञप्तीमा जनाएको छ ।

घटनालाई टोड मरोड गरेर कतिपयले सुचना माग्न जाँदा सुचना लुकाउने बाहाना, अनियमितता लुकाउने बहानामा कार्यालयले नै गराएको सुचनामा कुनै सत्य तथ्य नरहेको विज्ञप्तीमा उल्लेख छ ।

गाउँपालिकाको बारे गलत अफवाह फैलाउने जनमत पार्टीको जिल्ला संयोजक विनोद यादवलाई कार्वाही नगरे गाउँपालिकाको सम्पुर्ण कामकाज मंगलवार २७ गतेबाट ठप्प गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको कर्मचारीहरुले सोमवार आन्तरिक कार्य मात्र गर्ने निर्णय भएको विज्ञप्तीमा जनाईएको छ । यस अघि पनि सूचना माग गर्ने गाउँपालिकाको वडा नं. ५ बस्ने जनमत पार्टीको जिल्ला संयोजक विनोद यादवले यस कार्यालयमा रितmपूर्वक सुचना मागको निवेदन २०७६ माग २६ गते दर्ता गराएकोमा सो निवेदन उपर सुचना अधिकारी सहितको निजलाई सुचना प्रदान गरेवापत सुचनाको हक सम्बन्धि ऐन र नियमावली बमोजिम लाग्ने अनुमानित दस्तुर १० हजार बुझाउन भनिएपनि निजले त्यस पश्चात सो कार्य नगरी कार्यालय प्रमुख,सुचना अधिकारी तथा कार्यालयलाई नै हानि नोक्सानी हुने विभिन्न कार्यहरु गरेको गाउँपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Leave a review