बारा जिल्लाका एम्बुलेन्स चालकहरु पेशागत हकहितको लागि संगठित भएका छन् ।
जिल्लामा संयुक्त एम्बुलेन्स चालक संघ सोमवार गठन गर्दै संगठित भएका हुन् ।
जिल्लाको ५३ जनाएम्बुलेन्स चालकको पहिलो भेलाले संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ गठन गरिएको हो ।
समितिको अध्यक्षमा दिपेन्द्र कुशवाहा, उपाध्यक्ष रंजित यादव, सचिव धीरज चौधरी, कोषाध्यक्ष ज्याउल हकलाई सर्वसम्मत चयनगरिएको हो । ११ सदस्यीयचालक संघ गठन गरिएको हो ।
फेटा गाउ“पालिका–२ जगतपुरमा गरिएको संघको भेलाले अस्पताल, संघसंस्था, स्थानीय तहबाट सञ्चालित एम्बुलेन्सका अस्थायी तथा करारमा रहेका चालकलाई स्थायी गर्नुपर्ने, विदाको व्यवस्था गर्नुपर्ने माग उठाएको हो ।

