लायन्स क्लब अफ कलैयाले गर्‍यो बृहत् वृक्षारोपण

साझेदारी डेलि
41 पाठक संख्या

कलैया । लायन्स कल्ब अफ कलैया बाराले कलैया उपमहानगरपालिका वडा नं ८ मा बृहत रुपमा बृक्षारोपण गरेको छ। रुख बिरुवाको संरक्षण गर्ने कार्यक्रमसमेत सम्पन्न गरिएको छ।

लायन्स कल्व अफ कलैया बाराको २०२५/२०२६ का अध्यक्ष लायन सुर्यजित कुमार सिहको अध्यक्षतामा सो कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह रहेका थिए।

विशिष्ट अतिथि लायन्स ईन्टरनेशनल ३२५ को गभर्नर ईलेक्टेड लायन रामबिहारी पाण्डेय, कलैया उपमहानगरपालिका वडा नं ८ को वडा अध्यक्ष रन्जित चौरसिया वडा सदस्य तारा गिरि, बारा उधोग वाणिज्य संघका सचिव शिवजि प्रसाद यादव लागायतको उपस्थिति थियो।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष लायन राजकुमार साह, सचिव मुकेश गुप्ता, कोषाध्यक्ष अजय सर्राफ सदस्यहरु, लायन विजय जयसवाल, लायन राजन साह, लायन समीर अंसारि,लियो कल्व अफ कलैया बाराका अध्यक्ष लियो सुमित साह, सचिव लियो आयुष कल्वार, लियो आनन्द ठाकुर लगायत उल्लेखनीय संख्यामा वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds