नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री फरमुल्लाह मन्सुरले नेपाली काँग्रेसले देशका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको हुदा आगामी निर्वाचनमा पनि जनताले बहुत दिने बताएका छन
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ स्थित नेपाली काँग्रेस वडा समितिले छठपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै पुर्वमन्त्री मन्सुरले यस्तो बताएका हुन । उनले केपी ओली सरकारले दुई दुई पटक जननिर्वाचित संसदको हत्या गरेर लोकतन्त्रलाई नै निमोठेको आरोप लगाएका छन ।
तीन बर्षमा केपी ओली सरकारले काण्डैकाण्ड गरेर जनतालाई चिड्याएको हुदा आगामी निर्वाचन काँग्रेसकै पक्षमा जनलहर आउने नेता मन्सुरले बताए ।
वडासमितिका अध्यक्ष हिरालाल यादवको अध्यक्षता सम्पन्न शुभकामना कार्यक्रममा वडा नम्बर १७ का वडाअध्यक्ष नवराज वहादुर खड्का, वडा सदस्यहरु सन्चराम थिङ्ग, राजेन्द्र चौधरी, नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पुराना नेता महेन्द्र प्रकाश विमली, विमला नेपाल, पशुराम दाहाल लगायतकाले मन्तव्य राखेका छन ।
फोटोः कार्यक्रममा बोल्दै नेता मन्सुर
काँग्रेसले हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको हुदा आगामी निर्वाचनमा पनि जनताले बहुत दिनेः मन्सुर
Leave a review
Leave a review


