राम मण्डल/
मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जका मेयर बिजय सरावगी शनिबार जसपा त्याग गरी नेकपा एमालेमा प्रबेश गरेका छन ।
वीरगञ्ज महानगरपालिकाको प्रसौनीमा आयोजित कार्यक्रममा उनलाई नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले टीका लगाएर प्रवेश गराए । सरावगीसँगै वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष मनोज कलवार, १४ का वडाध्यक्ष भरत कुर्मी पनि एमालेमा प्रबेश गरेका हुन् ।
एमालेमा प्रबेश गर्दा ठुलो खुशी लागेको बताउदै वीरगञ्जसँगै पर्सा जिल्लामै आफनो पार्टी प्रबेशले राम्रो सन्देश जाने मेयर सारवगीले बताए । एमालेमा प्रबेश गर्दा आफुलाई एकदमै राम्रो लागेको उनले बताए । ओलीको देश प्रतिभएको भावनाबाट प्रेरित भएर एउटा ठुलो ईतिहास बोकेको पार्टीसँग जुडेको सरावगीको भनाई थियो ।
२०७४ सालको स्थानीयतहको चुनावमा मेयर सरावगीसागै वडाध्यक्षहरु कलवार र कुर्मी पनि तत्कालिन संघीय समाजबादी फोरम हालको जनता समाजबादी पार्टीबाट निर्बाचित भएका थिए । स्थानीयतहको चुनावमा सरावगी १९ हजार ३ सय ९३ मतल्याई बिजयी भएका थिए ।
पछिल्लो समय उनी नेपाली काँग्रेसमा पनि प्रबेश गर्ने हल्ला चलेपनि उनी एमालेमा प्रबेश गरेकाहुन ।मेयर सरावगीलाई उनकै पार्टीबाट निरन्तर असहयोग हुदै पछिललो समय आफनै पार्टीका कार्यकर्ताहरुबाट बिरोधको सामना समेत गर्नु परेको थियो ।


