संचालनमा आयो +२ कलैया म्यानेजमेन्ट कलेज

संदिप प्रसाद यादव
1.8k पाठक संख्या

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मदर्शा टोल अवस्थित मेरी गोल्ड माध्यमिक बोर्डिङ स्कुल संग सहकार्य गरि +२ कलैया म्यानेजमेन्ट कलेज भब्यताका साथ उद्घाटन भएको छ । बिधालयको प्राङ्गणमा बिहीबार एक कार्यक्रमका बीच +२ कलैया म्यानेजमेन्ट कलेजको उद्घाटन भएको हो ।

बिधालयका प्रधानाध्यापक नरेश यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले रिबन काटी कलेज उद्घाटन गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले आज को दिन सम्म कलैयामा १० कक्षा पछी बिद्यार्थीहरु बाहिर जाने गरेको र मेरी गोल्ड माध्यमिक बोर्डिङ स्कुलले +२ कलैया म्यानेजमेन्ट कलेजमा ११ र १२ पनि समावेश गरेकोमा धन्यवाद दिदै अब उप्रान्त बिद्यार्थीहरु बाहिर जानू नपर्ने र कलैया मै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने बताएका थिए ।

विशिस्ट अतिथि तेजीलाल प्रसाद साहले +२ कलैया म्यानेजमेन्ट कलेजको सफलताका साथ सन्चालन गरिरहेकोमा कलेजका संचालक उमेश प्रसाद यादव लाई बधाई दिएका छन। सबै बिद्यार्थीले अब्बल बन्दै कलेजको नाम उच्च गर्न तर्फ आग्रह गरेका छन् ।

मेरी गोल्ड माध्यमिक बोर्डिङ स्कुल बाराको एक ख्याती प्राप्त पुरानो बिधालय भएको र थप ब्यवहारिक शिक्षामा आफुहरु लागेको प्रधानाध्यापक यादवले बताएका छन ।

+२ कलैया म्यानेजमेन्ट कलेजमा लालबाबु यादव,बिजय केशरी,नागेश यादव,अफ्रोज अहमद,खेमराज साह,सरोज पटेल जस्ता गेस्ट व्याख्याता शिक्षकहरू रहेका छन् ।

कार्यक्रमको विशिस्ट अतिथि बिरेन्द्र प्रसाद साह,राधाकृष्ण प्रसाद यादव,बृजकिशोर मिश्रा,अंग्रेजी शिक्षक सुजिता कर्ण, नेपाली शिक्षक सुनिता जैसवाल,+२ कलैया व्यवस्थापन कलेजका सुझाव समिति सदस्य सन्तोष साह,कृष्णा मुरारी मिश्रा,सामाजिक अध्ययनका शिक्षक मनोज शर्मा ,लेखा शिक्षक निरज कर्ण,श्री पन्ना देवी कन्या उच्च माध्यमिक विधालयका व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डल सहित अभिभावक एवम शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।

+२ कलैया म्यानेजमेन्ट कलेजका लेखापाल निक्की कुशवाहाले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सन्चालन बिधालयका शिक्षक सन्त ठाकुरले गरेका थिए ।

Leave a review

This will close in 0 seconds