मेयर सरावगीका परिवारका दुई सदस्य सहित थप ४५ जनामा संक्रमण पुष्टि

साझेदारी दैनिक
587 पाठक संख्या

राम मण्डल/
बीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीका परिवारका दुई सदस्य सहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ।

नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी गराएका छन । संक्रमण देखिएका मध्ये बीरगन्ज महानगरका मेयर सरावगीका परिवारका दुई जना र उनको सम्पर्कमा आएका चार जनामा समेत रहेका छन ।

संक्रमित मध्ये मास टेसिङमा स्वाब संकलन गरिएका २९ जना, स्वेच्छाले जाँच गराउने ७ जना र कन्ट्याक्ट् ट्रेसिङमा परेका ८ जनामा कोरोना देखिएको छ ।

संक्रमण देखिनेमा ५ देखि ६२ बर्ष उमेर समुहका ३१ जना पुरुष र १४ जना महिलाहरू रहेका छन । पाँच देखी ६२ बर्ष उमेर समुहका संक्रमितहरुको स्वाब गत साउन १२ देखि १६ गतेसम्म संकलन गरिएको थियोे ।

Leave a review

This will close in 0 seconds