कलैया । बारा प्रहरीले १४ किलो अबैध चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थितमा पथलैयाबाट हेटौडा तर्फ जादै गरेको मोटरसाइकल शंकास्पद लागी रोकी चेक जाँच गर्ने क्रममा अबैध चाँदी सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ना ५२ प २५८४ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल चालक जिल्लाको प्रसौनी गाँउपालिका वडा ननम्बर ६ प्रस्टोका बस्ने अन्दाजी ३३ वर्षीय सन्तोष साह सोनार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट अन्दाजी ९ किलो चाँदी मुल्य रू. १६ लाख १० हजार ३ सय २५ रुपैयाँ बराबरको बरामाद गरेको छ ।
त्यस्तै ना ५५ प ३९३२ ननम्बरको १५० सिसि पल्सर मोटरसाइकल चालक जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगावाटोल बस्ने अन्दाजी २७ वर्षीय सुरेश महतो पक्राउ परेका छन् ।

उनको साथबाट अन्दाजी ५ किलो चाँदी मुल्य रू. ८ लाख ९४ हजार ६ सय २५ रुपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ट्याङ्की भित्र फल्स बटम बनाई लुकाई छिपाई लगी रहेको बिभिन्न किसिमको गरगहना १४ किलो अबैध चाँदी अन्दाजी मुल्य २५ लाख ४ हजार ९ सय ५० रूपैया बराबरको बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।
अवैध चाँदी सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकोटा जानकारी दिए ।


