अबैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 107 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले ७७ लाख ६९ हजार बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मतहत ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंजस्थित कार्यालय अगाडि डिब्बे ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

उक्त ट्रकबाट बिल भरपाई भन्दा फरक र सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू. ७७ लाख ६९ हजार २१ रूपैयाँ बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा लोड रहेको ग्लास दाना,पेपर बोक्स,रिसाईन गम,मोटर पार्टस,लेडिस सुट र अन्य सामानहरू अन्दाजी मूल्य रू.४७ लाख ७९ हजार चार सय ३८ रूपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

त्यसैगरी वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ८२३७ नम्बरको ट्रकमा लोड रहेको सुकमेल,वाटर फिल्टर,डिफ्रिज र अन्य समानहरू अन्दाजी मुल्य रू.२९ लाख ८९ हजार ५ सय ८३ रूपैया बराबरको बिल भरपाई फरक रहेको सामानको स्रोत खुलाउन नसकेको समान प्रहरीले बरामद गरेको हो ।

सामानहरू सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्वल अनुसन्धान कार्यालय पथलैया,बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review