Sajhedari Daily
Latest News from Nepal

आईतवार बिहान आएको चट्याङ लागेर सिमराकी एक महिलाको मृत्यु

रञ्जन यादव /
आईतवार विहान परेको पानीसंगै आएको चट्याङ लागेर बारामा एक महिलाको मृत्यु भएको छ ।चट्याङ लागेर बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा एक महिलाको मृत्यु भएको हो । औराहकी २२ बर्षिय एलिसा खड्काको चट्याङग लागेर मृत्यु भएको हो ।

आईतवार बिहान करिब १०ः३० बजे अचानक आएको चट्याङ लागेर गोठालो गएकी खड्काको मृत्युु भएको वडा नं ४ का वडाअध्यक्ष ईश्वर खत्रीले जानकारी गराएका छन ।

चट्याङग लागेर गम्भिर घाईते भएकी खड्काको वीरगंज स्थित बायोद्धा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । मृत्तक महिलाको ४ बर्षिय छोरा रहेका छन् । महिलाको मृत्युु भएकै ठाउँमा करिब आँठ बर्ष अगाडि चट्याङ् लागेर एक पुुरुषको मृत्युु भएको थियो ।

Comments are closed.

error: Content is protected !!