उपमहानगरपालिकाको आर्थिक ऐन २०८० को संशोधनको गर्न माग

रञ्जन यादव
427 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन २०८० को संशोधनको माग गरिएको छ ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा पुगेको टोलीले नगरप्रमुख राजन पौडेललाई आईतवार ज्ञापनपत्र बुझाउँदै आर्थिक ऐन परिमार्जन गर्न तथा उद्योगी र व्यापारीको भावना बुझिदिन आग्रह गरेको छ । व्यवसायी र उद्योगीलाई दोहोरो करको मारमा पार्ने गरी आर्थिक ऐन निर्माण गरेको भन्दै बिरोध गरेका हुन् ।

नगरका उद्योग तथा व्यवसायीहरुको छाता संगठन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले उपमहानगरलाई ज्ञापन पत्र बुझाएको छ।ज्ञापन पत्र हस्तान्तरण गर्दै अध्यक्ष शर्माले उपमहानगरपालिकासंग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको भन्दै यहाँका व्यवसायी र उद्योगीहरुको समस्यामाथी गम्भिर बनिदिन आग्रह गरेका छन् ।

स्थानिय व्यवसायीहरु, समाजसेवी, वडा कार्यालय लगाएत संघको सुझाव र समन्वयमा जीतपुरमा रहेको गुदरी बजार एवमः मिना बजारको सटर भाडा लगाएत अन्य व्यवस्थापनको समस्या समाधान तर्फ उन्मुख रहेको प्रती उपमहानगरलाई धन्यवाद समेत ज्ञापन गरेको छ । परिणाम स्वरुप उपमहानगरको करोडौँ वक्यौता रकम संकलनको क्रममा रहेको हुनाले सो क्षेत्रका व्यवसायीहरु प्रती पनी संघले ज्ञापन पत्र मार्फत कृतज्ञता व्यक्त गरेको छ ।

दजनौँ उद्योगी र व्यापारीहरुको रहोवरमा ज्ञापन पत्र बुझाएपछी नगरप्रमुख राजन पौडेलले सो बिषयमा आँफु गम्भिर रहेको बताए । उनले स्थानिय व्यापारी र उद्योगीहरुको भावनालाई सम्बोधन गर्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । बिवादमा आएका कतिपय बिषयहरुलाई संवोधन गर्नुपर्ने स्वभाविक भएको भन्दै आर्थिक ऐन परिमार्ज गर्न नसकिने बताए । उनले ब्यपारीहरुको सम्मान गर्दै आर्थिक ऐनको भाषा र व्याख्यामाथी सहजीकरण गर्न सकिने जानकारीदिनुभयो । उपमहानगरपालिका ऐन ,कानुन बनाउँदै जाने यसको संशोधनको बिरोध हुदै जाने हो भने उपमहानगरपालिका कुन दिशातर्फ जान्छ उनले प्रतिप्रश्न गरे ।यो बिषयमा उद्योग वाणिज्य संघ पनी गम्भिर हुनुपर्ने धारणा राख्नुभयो ।

Leave a review

This will close in 0 seconds