परिवारको इज्जत जोगाउन पुर्ब प्रहरीको हत्या,बुवासहित दुई छोरा पक्राउ

संदिप प्रसाद यादव
2.1k पाठक संख्या

संदिप प्रसाद यादव/

बारा प्रहरीले पुर्ब प्रहरीको हत्याको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पचरौता नगरपालिका – १ पिपरपाती निवासी ३३ वर्षीय अमरेश सिंहको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तिन जनालाई पक्राउ गरि आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–१ बस्ने ३५ वर्षीय श्यामलाल महतो र उनका दुई जना छोरा लाल महतो र अवधेश कुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार श्यामलाल र उनका छोराहरूले मिलेर असोज ८ गते सिंहको टाउकोमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेका थिए ।हत्या गरिएका सिंह पूर्व सशस्त्र प्रहरी जवान रहेका थिए ।

केही महिना अगाडि मात्रै जागिरबाट राजीनामा दिएर उनी पचरौतासँग जोडिएको नेपाल–भारत सीमा नजिकै रक्सी पसल सञ्चालन गरेका थिए ।बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार श्यामलालले आफ्नो परिवारको एक जना सदस्यसँग मृतक सिंहको अवैध यौन सम्बन्ध रहेको थाहा पाएपछि दुवै जना छोरासँग मिलेर उनको हत्या गरेका थिए । परिवारको इज्जत जोगाउनका लागि योजना बनाएर सिंहको हत्या गरिएको श्यामलालले प्रहरीलाई बयानमा बताएका छन् ।सिंहको हत्यामा थप व्यक्ति पनि संलग्न मध्ये अहिले दुई जना योजनाकार फरार छन् । उनका अनुसार फरार रहेका मध्ये एक जना श्यामलालका भाइ हुन् भने अर्का भारतीय नागरिक रहेका छन् । भारत पूर्वी चम्पारण मोतीहारी ग्राम पञ्चायत झझरा बस्ने राहुल कानु र पचरौता नगरपालिका–१ कै श्यामलाल महतोका भाइ जागरित महतोको फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिंहको हत्यामा प्रयोग गरिएको एक थान धारिलो हतियार,एक थान चक्कु र एउटा मोबाइलसमेत बरामद गरि सार्वजनिक गरेको थियोे ।

पक्राउ परेका महतोलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्ले ले बताएका छन् ।

Leave a review

This will close in 0 seconds