कलैयाबाट जीतपुर सिमरामा गयो लुमन्ति आवासका लागि सहयोग समूह

संदिप प्रसाद यादव
927 पाठक संख्या

बाराको कलैयाबाट १२ वर्ष पछी जीतपुरसिमरामा लुमन्ति आवासका लागि सहयोग समूह सरेको छ ।

कलैयास्थित बरेवा दरबार होटलको सभाहलमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समुदाय सशक्तीकरण परियोजना अन्तर्गत लुमन्ति आवासका लागि सहयोग समूहले १२ बर्षदेखि निरन्तर गर्दै आएको कार्यहरूको परियोजना शुक्रबार एक कार्यक्रम बीच समापन भएको छ ।

लुमन्ति आवासका लागि सहयोग समूहका केन्द्रिय अध्यक्ष सुषमा बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोदप्रसाद साहले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु ब ।

२०६८ सालमा तत्कालिन कलैया नगरपालिका हुँदा नै नगरपालिकाका लेखा प्रमुख मुस्ताक अन्सारी र ईन्जिनियर माधव यादवले वीरगंजमा कार्यक्षेत्र रहेको लुमन्ति संस्थालाई कलैयामा पहल गरेर ल्याएका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य दिदै लुमन्तिका प्रमुख अब्दुल कैशले कलैयामा लुमन्ति संस्थाले दुई हजार ६८ घरधुरीलाई लक्षित गरी काम गरिसकेको बताए । संस्थाले हाल सम्म ३७४ वटा आवास निर्माण गरिसकेको कैशले जानकारी गराएका छन् ।
सरसफाइ,रोड,नाला,खानेपानी,आवास,महिला सशक्तीकरणका क्षेत्रमा सामाजिक बिकासका कार्यहरु दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था गठन,युवाको नेतृत्व विकास जस्ता कार्यक्रम गरेको कैशले जानकारी गराए ।

खासगरी महिलाहरुलाई घरबाट निस्केर समाजमा आफ्नो कुरा राख्न सक्ने बनाउन अत्यन्तै कठिन भएको र यसमा सफलता पाउन ६ वर्ष लागेको दुखद क्षण कैशले सुनाए ।

कलैयामा १२ वर्ष माया,स्नेह र अत्यन्तै मिलनसार ब्यवहारले गर्दा यति लामो समयावधि आपूmहरुले काम गर्न पाएको कलैयाका प्रमुख अब्दुल कैशले बताए ।

कलैया उपमहानगरपालिकाबाट रु.१५ लाख, कलैया–२२ वडा समितिबाट रु.२५ लाख,लुमन्ति संस्थाबाट रु. ५७ लाख ६० हजार र समुदायको लागानी रु.६ लाख ४० हजार गरि जम्मा लगानी रु. १ करोड ४ लाखको लागतमा मटेरिया आवास निर्माण भएको थियो ।

त्यस्तै कलैया उपमहानगरपालिकाबाट रु.१४ लाख, लुमन्ति संस्थाबाट रु.१८ लाख र समुदायको लागानीबाट रु. २ लाख २५ हजार गरी जम्मा लागत रु.३४ लाख २५ हजारमा रामपुर आवास निर्माण भएको थियोे ।

कलैया उपमहानगरपालिकाबाट रु. १८ लाख,लुमन्ति संस्थाबाट रु. ४५ लाख,बिल्डअफ नेपालबाट रु. १५ लाख,समुदायको लागानी रु.१२ लाख गरि जम्मा लागत रु. ९० लाख र बाँकी भौतिक पूर्वाधार कलैया उपमहानागर्पालिकाबाट भौरा बस्ति विकास कार्यक्रम रहेको थियोे ।

२०११ देखि २०१४ सम्म समूहले कलैया नगर्पपालिकासंग सम्झौता गरी योजना शुभारम्भ,शहरी सामूदायिक सहयोग कोषको स्थापना, देवीगंज समुदायमा प्रौढ शिक्षा संचालन, दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना, विभिन्न समुदायमा गरी ६० वटा चर्पी निर्माणमा सहयोग,सहरी गरिवी निवारण मंचको स्थापना,पांच विपन्न परिवारहरुलाई आय आर्जनका लागि रिक्सा वितरण,दशवटा समुदायमा बाल शिक्षण केन्द्र संचालन,इन्दिरावस्तिमा तटबन्ध मिर्माणका लागि सहयोग,पर्सा समुदायमा बाटो मर्मतका लागि सहयोग,विभिन्न समुदायमा सामूदायिक कार्ययोजना तयार गर्नका लागि सहजिकरण,खपरतत्ता समुदायमा सामूदायिक भवन निर्माणका लागि सहयोग,विभिन्न समुदायमा चापाकन र जडानका लागि सहयोग गरेको थियोे ।

२०१४ देखि २०१७ सम्म समूहले भवानीपुरमा सामूदायिक भवन निर्माणका लागि सहयोग,दशवटा समुदायमा बाल शिक्षण केन्द्र संचालन,विभिन्न समुदायका ३२ परिवारलाई आवास मर्मतका लागि सहयोग,श्री नेपाल राष्ट्रिय प्रा.बि.मा कक्षा कोठा सुधारका लागि सहयोग,विभिन्न समुदायका ६५ चर्पी निर्माणमा सहयोग,राम बस्तीमा १७ परिवारलाई आवास निर्माण लागि सहयोग,विभिन्न समुदायमा १० वटा चापाकल तथा चौतारा निर्माणमा सहयोग,गङ्गापुरमा १२२ मिटर बाटो ढलानका लागि सहयोग,विभिन्न समुदायमा सामूदायिक कार्ययोजना तयार गर्नका लागि सहजिकरण र २० जना युवाहरुलाई बिद्युत प्राविधिक तालिम दिएको थियो ।

२०१७ देखि २०२० को समूहले विभिन्न समुदायमा गरि जम्मा ७५ वटा चर्पी निर्माणमा सहयोग,कटिपर्सा र भवानीपुरमा विश्रामको लागि चौतारा निर्माणको लागि सहयोग,सहरी सामूदायिक सूचना केन्द्रको स्थापना,कटिपर्सामा सामूदायिक मर्मतका लागि सहयोग,दशवटा समुदायमा बाल शिक्षण केन्द्र संचालन,कोभिडमा स्वास्थ्य सामग्री हस्तान्तरण,विभिन्न समुदायमा ५३ वटा आवास निर्माणका लागि सहयोग र विभिन्न समुदायमा सामूदायिक कार्ययोजना तयार गर्नका लागि सहजिकरण गरेको थियो ।

२०२० देखि २०२३ मा समूहले
सिसुवामा १८२ मिटर बाटो ढलानका लागि सहयोग,भौरामा ३० वटा आवास निर्माण सहित बस्ति बिकासको लागि सहयोग,विभिन्न समुदायमा १५२ वटा आवास निर्माणका लागि सहयोग,८ वटा समुदायमा बाल शिक्षण केन्द्र संचालन,सी.एस.ई.बी.इन्टरलक ईटा उत्पादन सुरु,विभिन्न समुदायमा २५ वटा चापाकल तथा चौतारा निर्माणमा सहयोग,बैधनाथापुरमा नाला तथा धर्मशाला निर्माणका लागि सहयोग,५ सय ५ जना युवाहरुलाई कम्प्युटर तालिम,मटेरिया–२२ मा ३३ वटा आवास निर्माण सहित बस्ति बिकासको लागि सहयोग,नुनिया टोलमा कल्भर्ट निर्माणको लागि सहयोग,५ सय५ जना युवाहरुलाई कम्प्युटर तालिम,५ वटा बिद्यालयमा शिशु कक्षा सुधारका लागि सहयोग, सहकारीको जग्गा खरिद तथा भवन निर्माण,२७ वटा वडाका समूदायहरुमा १८६ वटा दुहुना भैंसी वितरण कार्यक्रम र ८ वटा समुदायमा बाल शिक्षण केन्द्र संचालन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख साहले १२ बर्षदेखि निरन्तर कलैया उपमहानगरपालिकाको विभिन्न वडामा रहेका अति बिपन्न दलित,असहाय पिछडिएकाहरुमा लगानी गरी जीवनस्तर सुधार्नमा सहयोग गरेकोले लुमन्तीलाई धन्यवाद ब्यक्त गरे । नगर प्रमुख साहले लुमन्ति संस्थाका अध्यक्ष बज्राचार्यलाई ३ बर्ष अझ कलैयामा रुक्न आग्रह गरे ।

लुम्न्तिसंगको सहकार्य र उपमहानगरपालिकाको पनि लगानीमा थप घरहरु बनाउने उपमहानगरको लक्ष्य रहेको र अझ धेरै कामहरु गर्न बाँकी नै रहेको नगर प्रमुख साहले बताए ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लाको सदरमुकाम कलैयामा लुमन्तिले गरेका कार्यहरू सदैव स्मरणीय रहने र लुमन्तिलाई धन्यवाद दिए ।

मिजरर केजए संस्थाको आर्थिक सहयोगमा लुमन्तिले कार्यक्रम सन्चालन गर्दै आएको थियो भने लुमन्तिको परियोजना अब बाराकै जितपुरसिमरा उपमहानगरपालिका भित्र कार्यक्रम सन्चालन गर्ने भएको सम्झौता भएको छ ।

उक्त कार्यक्रमको विशिष्ट अतिथि कलैया उपमहानगरपालिका कि उपप्रमुख रौशन प्रविण,जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,पुर्व नगर प्रमुख राजेशराय यादव, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,कलैया उपमहानगरपालिकाका योजना शाखा प्रमुख मुस्ताक अन्सारी,बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह,नेपाल महिला संघ बाराका अध्यक्ष बबिता जैसवाल,५ का वार्ड अध्यक्ष किसुन राउत अहिर,६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,१३ का वार्ड अध्यक्ष राजेश महथा खत्री,२७ का वार्ड अध्यक्ष अशोक कुमार तिवारी,शहरी सामुदायिक सहयोग कोषका सुरेश मोदक,अनिल मण्डल,विभिन्न संघ संस्थाका पदाधिकारीहरु,कलैया उपमहानगरपालिकाका तपसी चौरसिया सहित सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन लुमन्ती आवासको लागि सहयोग समूहका सामुदायिक सहजकर्ता सुर्यराज पासवानले गरेका थिए । कार्यक्रममा स्वागत संस्थाका प्रमुख अब्दुल कैशले गरेका थिए ।

Leave a review

This will close in 0 seconds