Sajhedari Daily
Latest News from Nepal

नक्कली नोट सहित ३ जना मानिस पक्राउ

Top Aside Banner

सिकेन्द्र पासवान/
बारा प्रहरीले नक्कली नोट सहित ३ जना मानिसलाई पक्राउ गरेका छन् । असार ३ गते लागु औषध खरिद बिक्रि र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले एक भारतिय सहित ३ जनालाई पक्राँउ गरेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए।

महागढीमाई नगरपालिका वडा नं .२ स्थित बरियारपुर चोकमा निजहरूलाई नियन्त्रणमा लिई निजहरूको शरीर तथा बोकि आएका झोला खानतलासी गर्ने क्रममा साथबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ४ सय ६५ थान, १ सय दरको ७ सय ४६ थान, नक्कली भारतीय नोट ५ सय दरको २ सय ८४ थान, ५० दरको ७ सय ६ थान सहित तिनीहरुलाई पक्राउ गरिएको प्रवतmा मिश्रले बताए ।

पक्राँउ पर्नेहरुमा आदर्शकोतवाल गाउपालिका .वडा नं. ६ बस्ने वर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा,.सिम्रौनगढ नगरपालिका वडा नं.५ बस्ने वर्ष २६ को मनोज कुमार साह तेली र भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० बस्ने वर्ष २५ को सुधिर कुमार कुशवाहा रहेका छन् । उनीहरुलाई हिरासतमा राखी थप अनुसंन्धान भईरहेको प्रहरी प्रवतmा मिश्रले जानकारी दिए ।