कलाकारहरु संगठित हुनुको विकल्प छैन –राजवंशी

साझेदारी दैनिक
324 पाठक संख्या

कलाकारहरु संगठित हुनुको विकल्प नरहेको नेपाल कमर्शियल आर्टिष्ट संघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद राजवंशीले बताएका छन् ।

बाराको कलैयामा संघको प्रथम बारा जिल्ला भेला तथा सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजवंशीले कलाकारलाई राज्यले ध्यान नदिएको जनाए । उनीहरु उपेक्षित रहेको उनले बताए । दररेट कायम गर्नुपर्ने जनाउँदै कलाकारको श्रमको शोषण भइरहेको जनाए ।

अन्यले लाभ लिइरहेको जनाउँदै उनले एकता नै बल रहेको बताए । सो कार्यक्रममा संघका केन्द्रिय महासचिव चित्रबहादुर कार्कीले महासंघ कलाकारको साथमा रहेको जनाए । केन्द्रिय सदस्य राजेन्द्र सुवेदीले संघले संगठन विस्तार गरिरहेको जनाउँदै कलाकारविचको एकता आवश्यक रहेको जनाए ।

बारा उद्योग वाणिज्य संघका कोषाध्यक्ष अजय कुमार बुढाले कलाकारिता समाजको लागि आवश्यक रहेको बताएका थिए ।

सो कार्यक्रममा संघ बाराका वरिष्ठ सल्लाहकार छोटेलाल प्रसाद साह,राजेशमाल डंगोल विकासमान सिंह,आर्टिष्ट सरोजकृष्ण साह,शिवसिंह खडका,जयनारायण,भोला साह,राजदेव पासवान,सुनिल कुमार कुशवाहा,प्रवीण चौधरी,संजय गिरी, प्रेम साह,पर्सा अध्यक्ष जंगबहादुर पण्डित लगायतकालाई सम्मान गरिएको हो ।

केन्द्रबाट आएका अतिथिहरुलाई समेत सम्मान गरिएको थियो ।उक्त अवसरमा सुनिलकुमार कुशवाहाको अध्यक्षतामा कार्य समिति गठन भएको घोषणा गरिएको थियो ।

समितिको उपाध्यक्षमा राजदेव पासवान,सचिवमा भोलासाह कानु,सहसचिवमा मुकेश साह,कोषाध्यक्षमा श्याम यादव रहेका छन् । कार्यसमिति सदस्यमा ब्रजकिशोर बैठा,रवि गुप्ता,अवधेश कुशवाहा,वीरमान तामाङ्ग लगायत रहेका छन् ।

यसैगरी वरिष्ठ सल्लाहकारमा छोटेलाल साह,राजेशमान डंगोल, विकासमान सिंह थापा,सल्लाहकारमा सरोजकृष्ण साह,दिपक सापकोटा लगायतका रहेका छन् ।संघ हाम्रो लागि,हामी संघको लागि कलाकारिता नै राष्ट्रको मूल सभ्यता हो लगायतको मूल नाराका साथ संघको सञ्चालन गरिएको हो ।

Leave a review

This will close in 0 seconds