काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने रु २६५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो ।



