समाचार संकलन गर्न पुगेका पत्रकारलाई कुटपिट

साझेदारी दैनिक
341 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि निर्घात कुटपिट भएको छ ।

जिल्लाको कटहरिया नगरपालिकाको डुमरिया स्थित रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल ईण्डस्टिज प्रालिले किसानको उखु तौलमा घोटाला गरेको खबर आएपछि समाचार संकलन गर्न पुगेका मध्याह्न राष्ट्रिय दैनिक रौतहट प्रतिनिधि पत्रकार कृष्ण तिवारीमाथी मिल सञ्चालकले कुटपिट गरेका हुन् ।

चिनी मिलले उखु जोख्ने डिजिटल काटाद्वारा किसानले लगेको उखुको तौल अरु काटा भन्दा एकदमै फरक देखाएपछि किसानहरू आन्दोलनमा उत्रिएका थिए।

किसानहरूले उखु जोख्ने ठाउँमा नारा–जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका बेला आफूमाथि कुटपिट गरेको पिडित पत्रकार तिवारीले बताएका छन ।

आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले खोसेको उनको आरोप छ। घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न मिल सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

Leave a review

This will close in 0 seconds