जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टबाट अठार लाखको अबैध कपडा बरामद

राम मण्डल
254 पाठक संख्या

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टबाट लाखौ मूल्य बराबरको अबैध कपडा बरामद गरेको छ ।

पर्सा प्रहरीले छापा मारी सो कपडा बरामद गरेको हो । उसले भन्सार छली गरि ल्याइएको अबैध कपडा बरामद भण्डारण गरि राखिएको सुचनाको आधारमा सोही स्थान बस्ने गोबिन्द बर्णवालको घरमा वीरगञ्ज–८ बस्ने मदन गुप्ताले सँचालन गरेको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टमा छापामारी गरेको थियो ।

सोक्रममा प्रहरीले  १८ लाख बराबरको भन्सार छली गरी ल्याइएको अबैध कपडा बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

यस्तै वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट प्रहरीले १५ लाख बराबरको भन्सार छली गरि ल्याइएको बिभिन्न किसिमका कपडा, चकलेट र प्याज लगायतका सामानहरु बरामद गरेको छ ।

बरामद गरिएका सामानहरुलाई आवशयक प्रकृया पुरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा प्रहरीले बुझाएकोे छ ।

Leave a review