कलैया । बाराको आदर्शकोतवाल गाउँपालिका–१ बोहा जमुनिया भित्री सडकखण्डबाट बरामद गरिएको ६० बण्डल नागिन ब्राण्ड पटाका नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले दाबी गरेका छन्।

गणपति केसीका अनुसार बरामद पटाका सशस्त्र प्रहरी बल नं.१२ गणको ब्यारेक परिसरभित्र खाल्डो खनी नष्ट गरिएको हो। सामाजिक सञ्जालमा यसबारे अफवाह आएको भएको भन्दै उनले अफवाहमा नलाग्न आग्रह गरेका छन्।
आइतबार विशेष सूचनाका आधारमा गरिएको चेकजाँच क्रममा बागमती प्रदेश ०१–०२५ च ६१७६ नम्बरको पिकअप गाडीबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका सहित अन्य रेडिमेन्ट कपडा बरामद गरिएको थियो।


