लायन्स क्लब अफ सिमरा युथको वर्ष २०२४ र २५ का लागि पदाधिकारीको पुर्नगठन गरिएको छ ।
लायन्स क्लब अफ सिमरा वर्ष २०२३।२४ का अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा सोमवार सम्पन्न भेलाले आगामी बर्ष वर्ष २०२४ र २५ का लागि अध्यक्षमा राजकुमार लामालाई सर्वसहमतले चयन गरिएको छ । लामा वर्ष २०२३–२४ को प्रथम उपाध्यक्ष रहेका थिए ।
आगामी कार्यकालका लागि समितिको प्रथम उपाध्यक्षमा रविन उपाध्याय,सचिवमा निलिसा बर्मा,कोषाध्यक्षमा कपिल खरेल सर्वसहमत चयन भएका छन् ।
यस्तै क्लबको द्धितीय उपाध्यक्षमा चयन गुरुङ,तृतीय उपाध्यक्षमा सम्राट खनाल,चौथो उपाध्यक्षमा राजकुमार थापालाई चयन गरिएको जनाईएको छ।
क्लब डाइरेक्टरमा रमेश सुवेदीलाई,सर्भिर चेयरपर्सनमा अर्जुन विकलाई,मेम्बरसिप चेयरपर्सनमा सुरज वैद्यलाई,क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा शान्तमणी रिजाललाई चयन गरिएको बर्ष २०२३ का अध्यक्ष शाहले जानकारी दिएका छन
वर्ष २०२३।२४ को वर्तमान पदाधिकारीको कार्यकाल जुन अन्तिममा समाप्त हुनेछ । भने नवनिर्वाचित पदाधिकारीले सन् २०२४ को जुलाई १ तारिखदेखि कार्यभार सम्हाल्ने जनाईएको छ ।


