वीरगञ्जको नबिल बैंकमा चोरी गरेको आरोपमा भारत र नेपालमा गरी तीन भारतीयसहित पाँच पक्राउ

राम मण्डल
267 पाठक संख्या

वीरगञ्जको बाईपासस्थित नबिल बैंकबाट एक करोड ३४ लाख रकम चोरी गर्ने समुहका पाँच जना पक्राउ परेका छन ।

प्रहरी र भारतीय प्रहरीले बैंकबाट नगद रकम चोरी गरेको आरोपमा तीन जना भारतीय र दुई जना नेपाली गरि पाँच जनालाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीले रौतहट मौलापुर नगरपालिका–७ बस्ने छोटे लाल साह,सञ्जय साह भन्ने बिश्मभर साहलाई पक्राउ गरेको छ।

त्यस्तै भारतीय प्रहरीले नबिल बैंकमै चारेको रकमसहित तीनजनालाई पक्राउ गरेको छ ।

बिहार पुलिस मातहतको पुर्बी चम्पारण मोतिहारीका एसपी कांतेशकुमार मिश्राले पत्रकार सम्मेलन गर्दै नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एक जना महिला सहित ३ जना अभियुक्तहरुलाई पक्राउ गरेको जानकारी दिएका छन ।

पक्राउ पर्नेमा पुर्बी चम्पारण जिल्ला झरोखर बस्ने मन्टु कुमार र अर्जुन कुमार रहेका छन् । यस्तै दुबैजनालाई सहयोग गर्ने सोही जिल्लाको दरपा बस्ने सबिता देवी रहेकी छन ।

उनीहरुको साथबाट नबिल बैंकबाट चोरी गरिएको १८ लाख २३ हजार नेपाली रुपैया,एउटा बन्दुक,कारतुस २ थान,सुनको औंठी,मोटरसाइकल,मोबाईल २ थान,सिसिटिभि क्यामेरा २ थान र फुटेज ग्यास कटरसहित ड्रिल मेशिन पनि बरामद गरिएको मोतीहारी पुलिसले जनाएको छ।

पर्सा प्रहरीले भने पक्राउ परेका दुई जना नेपालीहरुलाई सार्बजनिक गरेको छैन । बिहीबार बिहान पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिएका थिए ।

तर केही कारणबास भने हालका लागि पत्रकार सम्मेलन स्थगित गरिएको र पछि जानकारी गराईने थापाले बताए । गत आइतवार राति बाईपास स्थित नबिल बैंकको शटर काटेर एक  करोड ३४ लाख रकम चोरी भएको थियो ।

Leave a review

This will close in 0 seconds