बाराको कलैया उपमहानगरपालिका-५ स्थित रहेको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि गोलि प्रहार भएको छ ।
क्याम्पसका प्रमुख कुशवाहालाई अज्ञात समुहले आदर्शकोतवाल गाउँपालिका वार्ड नम्बर ३ बतरामा गोलि प्रहरी गरेका हुन् ।
उनको उपचार वयोधा अस्पतालमा भई रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
घटनामा शंकास्पद एक जानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताए ।
क्याम्पसका प्रमुख कुशवाहाको अवस्था गम्भीर रहेको उनले बताए ।


