कोभिड अस्पतालका संक्रमितको खाना र बसोबास स्थलको सरसफाईमा सुधार गर्न प्रजिअको निर्देशन

साझेदारी दैनिक
साझेदारी दैनिक 347 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
कलैया अस्पताललाई कोभिड अस्थायी अस्पतालमा रहेका कोरोना संक्रमितको खाना र बसोबास स्थलको सरसफाईमा ध्यान दिन बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले निर्देशन दिनुभएको छ ।

कोभिड अस्पतालको आईसोलेशनमा रहेका संक्रमितहरुलाई पोष्टिक आहार प्रदान गर्न र सरसफाईमा बिशेष ध्यान दिन जिल्ला प्रशासन कार्यालयले पत्र सहित निर्देशन दिनुभएको हो । प्रजिअ पण्डिले कलैया अस्पतालका मेसु डा. बिरेन्द्र मण्डलको नाममा पत्र लेख्दै खाजा, खानाको गुणस्तर सुधार गर्न र आईसोलेसन वाड सरसफाई राख्न निर्देशन दिएका हुन ।

पत्रमा अस्पताललाई हस्तान्तरण गरिएको ५० बेडको आईसोलेसन वार्डमा अत्यन्त फोहर भएको कुरा उल्लेख गर्नुभएको छ । बारम्बार टेलिफोन मार्फत वा भेट हुँदा मौखिक निर्देशन अस्पतालले पालना नगरेको कुरा समेत पत्रमा उल्लेख छ ।

बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले २४ घण्टा भित्र मे.सु मण्डलाई सुधार गरेको तस्बिर सहित पेश गर्न निर्देशन दिनुभएको छ । केही समय देखि समाजिक सञ्जाल र मिडियामा कलैया अस्पतालको अधिनमा रहेको गंगापुरको आईसोलेसनमा प्रदान गरिएको खाना ,खाजा र सरसफाईको बिषयबस्तुलाई लिएर ब्यापक रुपमा आलोचना भईरहेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review