हात्तीको दुई वटा दाँतसहित तीन जना पक्राउ

साझेदारी दैनिक
408 पाठक संख्या

हात्तीको दुई वटा दाँत सहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ  ।

पर्सा ठोरी गाउपालिका–४ विजयबस्ती गुम्बालाइन बस्ने कुइसंग लामा,वीरगञ्ज महानगरपालिका–१४ पिप्रा बस्ने प्रेम शर्मा र  वीरगञ्ज महानगरपालिका–३१ बस्ने अमिरीलाल महतोलाई हात्तीको दाँत सहित पर्सा प्रहरीले पक्राउ गरेको हो ।

केही महिना अगाडी देखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हात्तीको दात विक्री गर्नको लागि ग्राहक खोजी रहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोही स्थानका चन्द्र परियारको खेतमा खाल्डो खनी २१÷२१ के.जी.तौल भएको दुई वटा हात्तीको दाँत फेला पारेको थियोे ।

पक्राउ परेका तिनै जनाको साथ बाट मोबाइल एक थान,५० को नोटमा मिति उल्लेख फोटो तथा भिडियो समेत बरामद भएको   
पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

तिनै जनालाई डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a review

This will close in 0 seconds