क्याम्पस प्रमुख कुशवाहाको १३ औं पुण्य तिथिमा दिप प्रज्वलन

संदिप प्रसाद यादव
420 पाठक संख्या

रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कुशवाहाको १३ औं पुण्य तिथिको अवसरमा कलैयामा बुधवार दिप प्रज्वलन भएको छ ।

सो अवसरमा सम्पुर्णहरुले स्व.कुशवाहाको आत्माको शान्तिका लागि दिप समेत उनीहरुले बालेका हुन् ।

उक्त दिप प्रज्वलन कार्यक्रममा राम राजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष जंग बहादुर चौरसिया,कार्यवाहक क्याम्पस प्रमुख निवेश तिमिल्सिना,यूवा,विद्यार्थी,शिक्षक,कर्मचारी,नागरिकअगुवा,समाजसेवी,रामकिशोर यादव,राजनितिक दलका प्रतिनिधीहरु लगायतको सहभागी रहेको थियोे ।

गत जेठ ३२ गते साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो।

उनले मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ आउने क्रममा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरिचित व्यक्तिहरुको समूहले गोली हानी हत्या गरेका थिए ।

Leave a review

This will close in 0 seconds