Sajhedari Daily
Latest News from Nepal

अक्सिमिटर बढी मूल्यमा बिक्री गर्ने एक जना वीरगञ्जबाट पक्राउ

राम मण्डल /
पर्सा प्रहरीले बढी मूल्य लिएर पल्स नाप्ने अक्सिमिटर बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बन्दाबन्दीको मौका छोपी मेडिकल उपकरण ( पल्स जाँच गर्ने मेसिन) अक्सिमिटर बढी मुल्यमा बेच्ने वीरगञ्ज महानगरपालिका १६ नगवा टोल बस्ने ३२ बर्षिय रामहरि तिवारीलाई पक्राउ गरेको हो ।उनले आफ्नै घरमा खोलेको औषधि पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय भन्दा बढी मूल्य लिई बिक्री गरेको प्रहरीले जनाएको छ ।

बढी मुल्यमा अक्सिमिटर बिक्री गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तिवारीलाई औषधि पसलबाटै पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनको पसललाई रितपुर्बक खानतलासी गर्दा १२ थान अक्सिमिटर समेत बरामद गरिएको खनालले बताए ।पक्राउ परेका तिवारीलाई प्रहरी हिरासतमा राखी कालोबजारी समबन्धि कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।