कार्यवहाक दिन माहिर वडा अध्यक्ष सिंह,जनताको काम भन्दा अन्यत्र घुमघाममै व्यस्त

साझेदारी दैनिक
782 पाठक संख्या

देवताल गाउँपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष अरुणकुमार सिंहले आर्थिक वर्ष २०८०÷०८१ मा छ पटक दलित महिला सदस्य शम्भा देवी चमारलाई कार्यवाहक वार्ड अध्यक्षको जिम्मेवारी दिएका छन् ।

जन्मसिद्ध,वंशज,अगिंकृत नागरिकता,जन्मदर्ता,विवाह दर्ता,मृत्युु दर्ता जस्ता विभिन्न कामको जिम्मेवारी छोडी वार्ड अध्यक्ष सिंहले चालु आर्थिक वर्षमा यसरी जिम्मेवारी चमारलाई दिएका हुन् ।

वार्ड कार्यालयमा नबस्ने र विभिन्न बहानामा ६ पटक दलित महिला सदस्य चमारलाई जिम्मेवारी दिएको एक सेवाग्राहीले साझेदारी दैनिकलाई जानकारी दिए । सेवाग्राहीहरु विभिन्न कामको सिफारिस लिन जादा अध्यक्ष सिंह वार्ड कार्यालयमा छिटो भेट नहुने समस्या रहेको सेवाग्राहीहरु जनाउँछन् । उनी वार्ड कार्यालयमा भेट नहुदा सेवाग्राहीहरु समस्यामा पर्ने गरेका छन् ।

वार्ड कार्यालयको भन्दा बढी बजेट एनजीओ मार्फत आफ्नो आसेपासेहरुलाई दिई तालिम संचालन गराएको एक स्थानीयबासीको आरोप सिंहमाथि छ । बाटो देखाई निजि घरको आगन समेत सिंहले ढलान गराएको उनले आरोप लगाएका छन् ।

बोडरदेखि स्कुलसम्मको बाटो निर्माण गर्न बाकी हुदा उक्त बाटो हिलाम्मे बनेको अर्को स्थानीयले बताएका छन् ।

विभिन्न कामको सिफारिस लिन जादा वार्ड अध्यक्ष दैनिक कलैयामा बस्ने र आफू खुशी र आफ्नो मनपरी तरिकाले कलैयाबाटै वार्ड कार्यालय संचालन गरेको आरोप स्थानीयको रहेको छ ।

वार्ड अध्यक्ष सिंहले आफ्नो घरायसी कार्य परेको हुनाले पहिलो पटक २०८० बैशाख १० देखि १८ गतेसम्मका लागि कार्यवाहक वार्ड अध्यक्ष भइ कामकाज गर्नलाई दलित महिला सदस्य चमारलाई जन्मसिद्ध नागरिकता बाहेक वार्ड कार्य गर्नलाई जिम्मेवारी दिएका थिए ।

त्यस्तै वार्ड कार्यालयबाट दैनिक रुपमा हुने सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्नको लागी वडा अध्यक्ष सिंह कार्यालयमा अनुपस्थित रहेको बेला मात्र २०८० श्रावण मसान्त सम्म– को जन्मसिद्ध नागरिकता सम्बन्धीको कार्य बाहेक अन्य कार्य गर्नलाई चमारलाई जिम्मेवारी दिएका थिए ।

उनले वार्ड कार्यालयमा अनुपस्थित रहेको बेला मात्र जन्मसिद्ध नागरिकता बाहेक अन्य कार्यहरू नियमानुसार २०८० साल भदौ र असोज महिना सम्म कार्यवाहक वार्ड अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएका थिए ।

वार्ड अध्यक्ष सिंह वार्ड कार्यालयमा अनुपस्थित रहेको बेला २०८० मंसीर र पौष मसान्त सम्म कार्यवाहक वार्ड अध्यक्ष भइ जन्मसिद्ध नागरिकताको सिफारीस बाहेक कार्यहरू गर्न गराउन का लागी अधिकार दिएका थिए ।

त्यसैगरी सिंहले दैनिक प्रशासनिक कार्य २०८० फागुन मसान्त सम्मका लागि जन्मसिद्ध नागरिकता बाहेकको अन्य कार्य गर्न कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी चमारलाई दिएका थिए ।

सिंहलाई वार्डवासीको लागी संघ र प्रदेश लगायत अन्य ठाउँहरुमा पुगि अगामी आर्थिक वर्ष ८१/८२ को लागि विभिन्न विकासमुलक कार्यहरूको पहल गर्नु पर्ने भएको हुनाले कार्यालयमा अनुपस्थित रहेको बेला २०८१ जेष्ठ ८ देखि अषाढ १५ गते सम्मका लागी चमारलाई कार्यवाहक वडा अध्यक्ष भई जन्मसिद्ध नागरिकता बाहेक अन्य कार्यको सिफारीस लगायत का अन्य कार्यहरू गर्न– गराउनुका लागि जिम्मेवारी दिएका थिए ।

स्थानीय तहको २०७९ को निर्वाचनमा देवताल गाउँपालिका वार्ड नम्बर १ बडकी फुलवरियाबाट वार्ड अध्यक्ष पदमा सिंह निर्वाचित भएका हुन् । आफ्नो,वार्ड,पालिकाको कामले बाहिर जादा कार्यवाहक वार्ड अध्यक्ष जिम्मेवारी दिई जाने गरेको उनले जानकारी दिए ।

स्थानीय सरकारको कानुन अनुसार कुनै पनि सदस्य वा कर्मचारीलाई दिने नियम रहेको उनले बताए ।

आफु वार्ड कार्यालयमा नभएको बखत आफ्नो उपचार,घरायसी कामले अनुपस्थित भएको बेला वार्ड अध्यक्षको कलम कार्यालयको वार्ड सदस्यको जिम्मेवारी दिएर जान्छु र कुनै पनि जनताको काम एकछिन पनि नरुक्ने गरेको उनले बताए ।

जुन उद्देश्यले जनताले जिताएका हुन्,जनताको काममा कुनै पनि ढिलाई वा विकासको काममा कमि नहुने उनले जानकारी दिए । वार्ड अध्यक्ष सिंह यसरी नियमित कार्यालयमा अनुपस्थित हुनु गैर जिम्मेवारीपनको उदाहरण भएको एक सेवाग्राही बताउँछन् ।

Leave a review

This will close in 0 seconds