बारामा ६७ लाख बराबरको अबैध समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
247 पाठक संख्या

बारा प्रहरीले ६७ लाख बराबरको अबैध समान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिहरूले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.६७ लाख ३ सय ९२ रूपैया बराबरको अबैध समान सहित डिब्बा ट्रक नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित बीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ४९४० ननम्बरको डिब्बा ट्रकमा लोड रहेको खुद्रा सामानहरु अन्दाजी मुल्य रू.६४ लाख ५६ हजार २ सय४२ रूपैया बराबरको बरामद गरेको छ ।

त्यस्तै प्रहरीले जिल्लाको जितपुरसिमरा उप-महानगरपालिका वडा नम्बर २१ स्थित बीरगंजबाट काठमडौं तर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रु बाहक बसमा लोड फेसवास( लुमि,जिनक्यार) अन्दाजी २ सय ३० पिस अन्दाजी मुल्य रु. १ लाख १४ हजार १ सय ५० रुपैयाँ बराबरको समान बरामद गरेको हो ।

त्यसैगरी प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले बिश्रामपुर गाउँपालिका वडा नम्बर १० निलकण्ठवा स्थित नेपलाबाट भारत तर्फ लैजाँदै गरेको २ वटा गाई र ८ वटा गाईको बाछा अन्दाजी मुल्य रु. १ लाख ३० हजार रुपैयाँ बराबरको बाछालाई नियन्त्रणमा लिएको छ ।

अबैध समानसहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review